News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल लिगमा तेस्रो स्थान हासिल गरेको छ।
- नेपाल पुलिस क्लबले तेस्रो स्थानको खेलमा श्रीलंकाको हिर्दारामानी एससीलाई ३-१ को सेटमा पराजित गरेको हो।
- सेमिफाइनलमा कजाखस्तानी क्लब टुरान भिसीसँग पराजित भएपछि नेपाल पुलिस क्लब फाइनल पुग्न असफल भएको थियो।
२७ माघ, काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल लिगमा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
मंगलबार मालेस्थित सोसल सेन्टरमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले पुनरागमन गर्दै श्रीलंकाको हिर्दारामानी एससीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट श्रीलंकन क्लबले २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर त्यसपछि पुलिसले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५-१२ ले सहजै आफ्नो पक्षमा पार्दै खेल बराबरी गरेको थियो ।
त्यसपछि तेस्रो सेट पुलिस क्लबले २५-१६ र चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपाल पुलिस क्लब सेमिफाइनलमा कजाखस्तानी क्लब टुरान भिसीसँग पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो ।
प्रतियोगिताको उपाधि इरानको फुलान्ड एमएसले जितेको छ । मंगलबारै भएको फाइनलमा कजाखस्तानको टुरान भीसीलाई २५-२२, २५-२०, २५-२० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
प्रतिक्रिया 4