+

कीर्तिमानी साझेदारीसहित टी-२० विश्वकपमा न्युजिल्यान्डको लगातार दोस्रो जित

२०८२ माघ  २७ गते १८:५४ २०८२ माघ २७ गते १८:५४
कीर्तिमानी साझेदारीसहित टी-२० विश्वकपमा न्युजिल्यान्डको लगातार दोस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले पराजित गरेको छ।
  • न्युजिल्यान्डले १५.२ ओभरमा बिना विकेट १७५ रन बनाउँदै कीर्तिमानी साझेदारी गरेको छ।
  • टिम सेइफर्ट र फिन एलेनबीच १७५ रनको साझेदारी टी-२० विश्वकप इतिहासकै सबैभन्दा उच्च हो।

२७ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले कीर्तिमानी साझेदारीका साथ यूएईलाई १० विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गरेको हो । ओपनर टिम सेइफर्टले अविजित ८९ तथा फिन एलेनले अविजित ८४ रन बनाए ।

यी दुईबीच भएको १७५ रनको साझेदारी टी-२० विश्वकप इतिहासमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा उच्च साझेदारी हो । यसअघि सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डका एलेक्स हेल्स र जस बट्लरले  १७० रनको साझेदारीका साथ खेल १० विकेटले नै जितेका थिए ।

यो समग्र टी-२० विश्वकप इतिहासमै सातौंपटक १० विकेटको जितको नतिजा हो भने दुईपटक १० विकेटको जित निकाल्ने टिम इंग्ल्यान्ड मात्र हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान मुहम्मद वासीमले अविजित ६६ रन बनाए भने अलिशान सराफुले ५५ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिँदा ज्याकब डफी, लकी फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । यूएईले भने आज पहिलो खेल खेलेको हो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय