News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले टी-२० विश्वकपमा एउटै मैदानमा खेल्दा सहज हुने बताएका छन्।
- नेपालले समूह 'सी' का चारै खेल मुम्बईको वाङखेडे मैदानमै खेल्ने तालिका छ।
- पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपाली समर्थकहरुको ठूलो उपस्थिति रहेको थियो।
२७ माघ, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पाैडेलले टी-२० विश्वकपमा एउटै मैदानमा खेल सहज हुने बताएका छन् ।
आईसीसी टी-२० विश्वकप २०१६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेल खेल्नुअघि रोहितले वाङखेडे स्टेडियममा भएको प्रि म्याच प्रेस कन्फेरेन्समा एकै मैदानमा खेल्दा फाइदा हुने बताएका हुन् ।
नेपालले आफ्नो समूहको चारै खेल मुम्बईको वाङखेडे मैदानमै खेल्ने तालिका छ र यस्तो सहज अवस्था हुने नेपाल नै एक मात्र टिम हो ।
‘सबै खेलहरू वानखेडेमा खेल्न पाउनु हाम्रा लागि ठूलो फाइदा हो, त्यहाँको कन्डिशन हाम्रो खेल शैलीलाई सुहाउँछ, त्यसैले यो हाम्रा लागि एउटा प्लस प्वाइन्ट हो’ एकै मैदानमा खेल्दा फाइदा हुन्छ वा फरक फरक कन्डिसन अनुसननर खेल्दा ठिक हुन्छ भन्ने प्रश्नमा रोहितले भने ।
आइतबार भएको पहिलो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध शानदार प्रदर्शनका बावजुत पनि ४ रनले पराजित भएको थियो ।
अब नेपालले वाङ्खेडेमै बिहीबार इटलीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । यस्तै फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग पनि यही मैदानमा खेल्नेछ ।
इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा मुम्बईमा नेपाली समर्थकहरुको भिड लागेको थियो भने वाङ्खेडे स्टेडियममा नेपालको जर्सी लगाएका हजाराैं समर्थकहरुको उपस्थिति थियो ।
पहिलो खेलपछि नेपाली टोलीका सदस्य नन्दन यादवले यसलाई नेपाली समर्थकको माया भनेका थिए । एकै मैदानमा खेल हुँदा नेपाली समर्थकहरुलाई पनि सहयोग पुगेको छ । नेपालका विभिन्न क्षेत्रबाट समर्थकहरू मुम्बईसम्म नेपालको खेल हेर्न आएका छन् ।
नेपालसँग दोस्रो खेल खेल्ने इटली भने कोलकतामा पहिलो खेल खेलेपछि मुम्बई आएको छ ।
प्रतिक्रिया 4