+

पीएम कप काठमाडौं जिल्ला छनोटमा रित गौतमको लगातार तेस्रो शतक

२०८२ माघ  २७ गते १२:१६ २०८२ माघ २७ गते १२:१६
पीएम कप काठमाडौं जिल्ला छनोटमा रित गौतमको लगातार तेस्रो शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-१९ क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो शतक प्रहार गरेका छन्।
  • रितले समूह चरण र सुपर सिक्सका तीन खेलमा ४०७ रन बनाएर सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष स्थान ओगटेका छन्।
  • सीईसीले हिमालयन क्रिकेट एकेडेमीविरुद्धको खेल जिते फाइनलमा पुग्नेछ भने महाविर स्टडिज एथ्लेटिक्स सेन्टर फाइनलमा पुगेको छ।

२७ माघ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमका पूर्वकप्तान रित गौतमले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटमा लगातार तेस्रो शतक प्रहार गरेका छन् ।

क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) का ब्याटर रितले समूह चरणको एक खेल तथा सुपर सिक्सको दुई खेलमा गरेर लगातार तीन शतक प्रहार गरेका हुन् ।

समूह चरणमा डिभाइन क्रिकेट क्लबविरुद्ध ५३ बलमा अविजित १०१ रन बनाएका रितले सुपर सिक्सको पहिलो खेलमा न्यु भिजन क्लबविरुद्ध १२३ बलमा १५ चौका चार छक्कासहित १४४ रन बनाए ।

यस्तै आज हिमालयन क्रिकेट एकेडेमीविरुद्ध १२२ बलमा अविजित १३३ रन बनाए । उनको टिम सीईसी भने ४९ ओभरमा १८३ रनमा अलआउट भयो ।

प्रतियोगितामा चार खेलमा रितले ४०७ रन बनाउँदै सर्वाधिक रन बनाउनेको सूचीमा शीर्षमा छन् ।

सीईसीले यो खेल जितेमा फाइनल पुग्ने छ । सुपर सिक्सको अर्को समूहबाट महाविर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर फाइनलमा पुगिसकेको छ ।

रित गौतम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय