+

हामी ३०० रन प्रहार गर्नेमा केन्द्रित छैनाैं : डारेन सामी

२०८२ माघ  २७ गते १८:४५ २०८२ माघ २७ गते १८:४५
हामी ३०० रन प्रहार गर्नेमा केन्द्रित छैनाैं : डारेन सामी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्ने लक्ष्य नराखेको बताए।
  • सामीले इंग्ल्यान्डसँगको खेलमा ध्यान केन्द्रित रहेको र कन्डिसन अनुसार खेल्ने बताएका छन्।
  • इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले कन्डिसनले गर्दा २५०-३०० रन हान्न कठिन हुने बताए।

२७ माघ, मुम्बई । वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले अहिले भइरहेको आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्नेतर्फ आफूहरूको ध्यान नरहेको बताएका छन्

टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्डसँग बुधबार हुने खेलअघि मंगलबार वाङ्खेडे स्टेडियममा भएको प्रि म्याच प्रेस कन्फेरेन्समा सामीले ३०० रन हान्नेतर्फ भन्दा पनि कन्डिशन अनुसार खेल्ने बताए ।

‘३०० रन हामी हान्दैनाैं। हामी कन्डिसन अनुसार खेल्छाैं’ उनले पार स्कोर अनुसार रन बनाउने बताए । यस विश्वकपमा टेस्ट राष्ट्रले ३०० रन हान्ने विषयमा चर्चा भइरहँदा सुरुवाती ११ खेल हुँदा दुई टिमले मात्र २०० रनको स्कोर कटाएको छ । त्यही प्रसंगमा सोधिएको प्रश्नमा सामीले प्रतिक्रिया दिएका हुन् ।

वेस्ट इन्डिजले बुधबार साँझ ७ बजे वाङ्खेडे मैदानमा आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डसँग खेल्दैछ । पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो ।

सामीले अहिलेको ध्यान इंग्ल्याण्डविरुद्धको खेलमा रहेको बताए । इंग्ल्याण्ड भोलिको चुनाैती हो । उनीहरूको राम्रो टिम छ । हामी त्यसैमा केन्द्रित छाैं’ सामीले भने । सामीले भारतमा विश्वकप खेल्दा फाइदा हुने पनि बताए ।

सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुई पटक टी-२० विश्वकप उपाधि जितिसकेको छ । पहिलोपटक सन् २०१२ अनि त्यसपछि २०१६ मा उपाधि जितेको थियो ।

उनले २०१६ को टी-२० विश्वकप उपाधि स्पेशल भएको पनि बताए । ‘२०१६ को टी-२० विश्वकप उपाधि विशेष थियो । किनभने सिनियर पुरुष टिमले मात्र नभई महिला टिम र यु-१९ टिमले पनि त्यो वर्ष उपाधि जितेको थियो।’

यस्तै इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले पनि वेस्ट इन्डिजविरुद्ध खेल्नुअघि मंगलबार प्रि-म्याच प्रेस कन्फेरेन्समा कन्डिसनले गर्दा २५०-३०० रन हान्न कठिन हुने बताए ।

डारेन सामी वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय