+

ह्यामस्ट्रिङ चोटका कारण वानिन्दु हसरंगा टी–२० विश्वकपबाट बाहिर

२०८२ माघ  २७ गते १९:०६ २०८२ माघ २७ गते १९:०६
ह्यामस्ट्रिङ चोटका कारण वानिन्दु हसरंगा टी–२० विश्वकपबाट बाहिर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगा ह्यामस्ट्रिङ चोटका कारण आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका छन्।
  • एमआरआई स्क्यानले बायाँ ह्यामस्ट्रिङमा गम्भीर चिरा देखाएपछि बेलायतका विशेषज्ञसँग परामर्श गरी उनलाई प्रतियोगिताबाट बाहिर गरिएको हो।
  • उनको स्थानमा लेगस्पिन अलराउन्डर दुशन हेमन्थालाई टोलीमा समावेश गर्ने सम्भावना रहेको छ।

२७ माघ, मुम्बई । श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगा ह्यामस्ट्रिङ चोटका कारण आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका छन्। उनले आइतबार कोलम्बोमा आयरल्याण्डविरुद्धको उद्घाटन खेलका क्रममा बायाँ खुट्टाको ह्यामस्ट्रिङमा गम्भीर चोट बोकेका थिए।

उक्त खेलमा उनले चार ओभरमा २५ रन दिएर ३ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। तर सोमबार गरिएको एमआरआई स्क्यानले बायाँ ह्यामस्ट्रिङमा गम्भीर चिरा देखाएपछि बेलायतका विशेषज्ञसँग परामर्श गरी मंगलबार उनलाई प्रतियोगिताबाट बाहिर गरिएको हो।

यो चोट अघिल्लो ह्यामस्ट्रिङ समस्यासँग सम्बन्धित रहेको बुझिएको छ, यद्यपी पुरानै चोटको पुनरावृत्ति भने होइन। हसरंगा पछिल्ला केही वर्षदेखि विभिन्न चोटसँग संघर्ष गर्दै आएका छन्।

उनको स्थानमा लेगस्पिन अलराउन्डर दुशन हेमन्थालाई टोलीमा समावेश गर्ने सम्भावना रहेको छ, यद्यपी आईसीसीले प्रतिस्थापनलाई अझै औपचारिक स्वीकृति दिएको छैन।

३१ वर्षीय हेमन्थाले अहिलेसम्म तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै चार विकेट लिएका छन्। टोलीमा अन्य रिजर्भ स्पिनर नभएकाले उनलाई सिधै प्लेइङ–११ मा समावेश गर्ने सम्भावना पनि रहेको छ।

हसरंगाको अनुपस्थिति श्रीलंकाका लागि ठूलो धक्का मानिएको छ। टी–२० विश्वकपमा उनले २० इनिङ्समा ४० विकेट लिँदै ६.०१ को इकोनोमी कायम गरेका छन्, जसले उनलाई टोलीको सबैभन्दा प्रभावशाली बलर बनाएको थियो।

श्रीलंकाले समूह चरणमा अब फेब्रुअरी १२ मा पल्लेकेलेमा ओमान, फेब्रुअरी १६ मा पल्लेकेलेमै अस्ट्रेलिया र फेब्रुअरी १९ मा कोलम्बो (आरपीएस) मा जिम्बाब्वेसँग खेल्ने तालिका छ।

टी-२० विश्वकप २०२६ वानिन्दु हसरंगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय