+

आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

२०८२ माघ  २७ गते २३:५५ २०८२ माघ २७ गते २३:५५
आयोजक सहारा क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहारा क्लबले २५औं आहारारा पोखरा गोल्डकप फुटबलमा गुर्खा इन्टरनेसनल एफसीलाई १-० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
  • प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी प्रीति राईलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिएको छ।
  • सहारा क्लबले अब सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

२७ माघ, पोखरा । आयोजक सहारा क्लबले २५औं आहारारा पोखरा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

सिल्भर जुब्ली संस्करणको अवसरमा मंगलबारदेखि पोखरा रंगशालमा सुरु भएको प्रतियोगितामा सहाराले गुर्खा इन्टरनेसनल एफसी, हङकङलाई १-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो पटक फल्डलाइटमा भएको खेलमा सहारका लागि दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा प्रशन्न श्रेष्ठले एक मात्र गोल गरेका थिए ।

सहाराले अब सेमिफाइनल प्रवेशका लागि विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबार प्रि क्वाटरफाइनलमा खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रीति राईलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिएको थियो । उनलाई नगद ३५ हजार रुपैयाँ, सम्मान पत्र तथा दोसल्ला प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पुरस्कारका प्रायोजक खेमबहादुर गुरुङले संयुक्त रूपमा प्रीतिलाई सम्मान गरेका हुन् ।

सहारा क्लब फुटबल २५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय