+

इंग्लिस प्रिमियर लिगमा न्युकासलसँग टोटनहमको हार

२०८२ माघ  २८ गते ९:१४ २०८२ माघ २८ गते ९:१४
इंग्लिस प्रिमियर लिगमा न्युकासलसँग टोटनहमको हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडले टोटनहम हटस्परलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
  • न्युकासलका मालिक थियाउ र ज्याकब राम्सेले क्रमशः पहिलो हाफको इन्जुरी समयमा र ६८औं मिनेटमा गोल गरेका थिए।
  • जितपछि न्युकासल २६ खेलमा ३६ अंकसहित १०औं स्थानमा पुगेको छ भने टोटनहम २९ अंकसहित १६औं स्थानमा छ।

२८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा न्युकासल युनाइटेडले टोटनहम हटस्परलाई पराजित गरेको छ ।

टोटनहमलाई उसैको मैदानमा न्युकासलले २-१ गोलअन्तरले पराजित गरेको हो । न्युकासलको जितमा मालिक थियाउ र ज्याकब राम्सेले १-१ गोल गरे । टोटनहमका आर्ची ग्रेले गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मालिकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । ६४औं मिनेटमा ग्रेले गोल गरेपछि टोटनहम खेलमा फर्कियो ।

त्यसको चार मिनेटपछि ६८औं मिनेटमा राम्सेले गोल गर्दै न्युकासलको जित पक्का गरे ।

जितपछि न्युकासल २६ खेलमा ३६ अंकसहित १०औं स्थानमा छ । पराजित टोटनहम २९ अंकसहित १६औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एएफसी बर्नमाउथले एभर्टनमाथि २-१ गोलअन्तरको जित निकालेको छ ।

इंग्लिस प्रिमियर लिग टोटनहम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय