+

काठमाडौं हक्सले जित्यो हिमालयन स्पिरिट कपको उपाधि

२०८३ जेठ  ९ गते २२:१३ २०८३ जेठ ९ गते २२:१३
काठमाडौं हक्सले जित्यो हिमालयन स्पिरिट कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं हक्सले नेपाल फ्लाइङ डिस्क फेडेरेशनद्वारा आयोजित हिमालयन स्पिरिट कपको उपाधि जितेको छ।
  • फाइनल खेलमा काठमाडौं हक्सले फ्रिस्बी फ्यान्टमलाई १०–८ गोल अन्तरले पराजित गरेको हो।
  • काठमाडौं हक्सका मिंगमार लामाले ७ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे।

९ जेठ, काठमाडौं । नेपाल फ्लाइङ डिस्क फेडेरेशनद्वारा आयोजित हिमालयन स्पिरिट कपको उपाधी काठमाडौं हक्सले जितेको छ ।

फाइनल खेलमा फ्रिस्बी फ्यान्टमलाई १०–८ गोल अन्तरले पराजित गर्दै काठमाडौं हक्सले उपाधि जितेको हो ।

काठमाडौं हक्सका लागि मिंगमार लामाले शानदार प्रदर्शन गर्दै ७ गोल गरे। ताशी ल्हामुले २ गोल तथा सिद्धार्थ भट्टराईले १ गोल थप्दै टोलीलाई जित दिलाए ।

फ्रिस्बी फ्यान्टमका लागि प्रकाश खत्रीले ३ गोल गरे भने सृजन खड्का र श्रेयास खड्काले २-२ गोल गरे। बाबिन तामाङले १ गोल थपेका थिए ।

प्रतियोगिताले नेपालमा अल्टिमेट फ्रिस्बी खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

हिमालयन स्पिरिट कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय