+

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

२०८२ माघ  १० गते १८:३७ २०८२ माघ १० गते १८:३७
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युयोर्क स्टेट एसेम्बलीले अन्तर्राष्ट्रिय कुङफु पदक विजेता भूपेन्द्र गुरुङलाई खेलकुद क्षेत्रमा उपलब्धिका लागि सम्मान गरेको छ।
  • भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन्।
  • भूपेन्द्रले भने, "न्यूयोर्क राज्य सभाबाट यो सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको छु" र तामु परिवार न्यूयोर्क इन्क. लाई धन्यवाद व्यक्त गरे।

१० माघ, काठमाडौं । उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ ।

खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धीका लागि सम्मान प्रदान गरिएको भूपेन्द्रले जनाएका छन् । मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गरे ।

राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन् ।

उनले जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण, अमेरिकामा भएको ब्याटल अफ दि ड्रागन विश्व च्याम्पियनसिपमा २ स्वर्ण र युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपमा ३ स्वर्ण जितेका थिए ।

त्यस्तै, युकेमा भएको आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण, अमेरिकामा भएको छैटौं बक्स काउन्टी मार्सल आर्ट्स च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपको अर्को संस्करणमा १ स्वर्ण तथा १४ औं विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत जितेका छन् ।

नेपाल उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

‘खेलकुद मार्फत नेपाली समुदायप्रति सेवा र योगदानको कदरस्वरूप न्यूयोर्क राज्य सभाबाट यो सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको छु । यो सम्मानका लागि माननीय न्यूयोर्क राज्य सभा सदस्य स्टिभन रागाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु’ सम्मानित भएपछि भूपेन्द्रले भने, ‘सिफारिस तथा सहयोगका लागि तामु परिवार न्यूयोर्क इन्क. लाई विशेष धन्यवाद । साथै सम्पूर्ण प्रक्रिया भरि निरन्तर साथ, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्नु भएकोमा अर्जुन गुरुङप्रति धेरै आभारी छु । मेरो परिवार, साथीहरू र सम्पूर्ण समुदायको माया, समर्थन र हौसलाका लागि म सधैं ऋणी छु । यो सम्मान मेरो लागि निकै अर्थपूर्ण छ ।’

भूपेन्द्र गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय