+

एक्सेल्सियर कप बास्केटबलमा पुष्पसदनलाई सफलता

२०८२ माघ  १७ गते २०:३१ २०८२ माघ १७ गते २०:३१
एक्सेल्सियर कप बास्केटबलमा पुष्पसदनलाई सफलता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुष्पसदनले १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइजमा बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्‍यो ।
  • रेडियन्ट पब्लिकले सिनियर गर्ल्समा बाल दीक्षालाई २१–९ ले हरायो भने एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ ले पराजित गर्‍यो ।

१७ माघ, काठमाडौं । पुष्पसदनले १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।

स्वयम्भूस्थित आयोजक दि एक्सेल्सियर स्कुलको कोर्टमा पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे ।

सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।

सिनियर गर्ल्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले हराए । रेडियन्टकी सेजल रोक्काले ९, एक्सेल्सियरकी सीमा थापा मगरले ७ र चाँदबागकी सौर्य बाराकोटीले ६ अंक जोडे ।

फुटसल

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–९ मा एक्सेल्सियर (रेड) ले एक्सेल्सियर (ग्रिन) लाई १०–१ तथा एक्सेल्सियर (नीलो) ले एक्सेल्सियर (ग्रिन) लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरे ।

यु–११ रिब्सले बोधीसत्वलाई ७–०, राई स्कुलले बोधीवृक्षलाई ४–० र राई स्कुलले रिब्सलाई १–० गोलले हराए ।

यु–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो । दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यु–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।

१२औं एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय