News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो 'तिमी छौ र पो म छु..' सार्वजनिक भएको छ।
- धिरोजले राष्ट्रिय टिममा निरन्तर खेल्दै आएका छन् र केही समयअघि नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा बुढानिलकण्ठ टिमको कप्तानी गरेका थिए।
- गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर छ भने युगल पोमो लिम्बुले लेखेका र निर्देशन गरेका हुन्, राज सेन्चुरीले संगीत भरेका छन्।
१६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका स्पाइकर धिरोजकाजी बस्नेत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘तिमी छौ र पो म छु..’ बोलको गीतको म्युजिक भिडियोमा भलिबल खेलाडी धिरोजकाजी र रश्मी पोमो लिम्बुको अभिनय छ ।
धिरोजले नेपालका लागि उमेर समूह देखि सिनियर टिममा खेल्दै आएका छन् । उनले काभा यू-२३ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका थिए । यस्तै पछिल्लो समय उनी राष्ट्रिय टिममा निरन्तर छन् ।
केही समयअघि भएको नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा उनले बुढानिलकण्ठ भलिबल टिमको कप्तानी गरेका थिए । धिरोजले विभागीय टोली एपीएफ क्लबबाट पनि घरेलु भलिबल खेलिसकेका छन् ।
धिरोजले पछिल्लो समयम भलिबल खेल र मोडलिङलाई एकसाथ अघि बढाइरहेका छन् ।
‘मिस्टर सुप्रानेसनल नेपाल २०२४’ का विजेता समेत रहेका धिरोजले गत वर्ष पोल्याण्डमा भएको मिस्टर सप्रा नेसनलमा नेपालको प्रतिनिधित्व गरेका थिए ।
‘तिमी छौ र पो म छु’ गीतमा विकास लिम्बु र दिपा लिम्बुको स्वर रहेको छ भने गीतलाई युगल पोमो लिम्बुले लेखेका हुन् । युगलले नै म्युजिक भिडियोको निर्देशन समेत गरेका छन् ।
यस्तै राज सेन्चुरीले गीतमा संगीत भरेका छन् भने मोहन कुमार झिल्लुले भिडियो खिचेका हुन् ।
प्रतिक्रिया 4