+

ब्याटल अफ बभेरियामा सुजनलाई दोहोरो स्वर्ण

२०८२ चैत  २ गते १९:५१ २०८२ चैत २ गते १९:५१
ब्याटल अफ बभेरियामा सुजनलाई दोहोरो स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा दुई फरक स्पर्धामा स्वर्ण जितेका छन् ।
  • डब्लुएमएसी द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फममा र ट्रेडिसनल फम विथ वेपनमा स्वर्ण जितेका हुन् ।
  • प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

२ चैत, काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईले जनाएका छन् ।

वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए ।

चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ जना सहभागी थिए । ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ ।

सुजन सातौं राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन् । सुजन मंगलबार स्वदेश फर्किदै छन् ।

उमा कुङफु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय