+

पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता

२०८३ भदौ  ५ गते २०:३९ २०८३ भदौ ५ गते २०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले एनपीएल तेस्रो सिजनका लागि नेपोभिट टायल्ससँग हेलमेट पार्टनर सम्झाैता गरेको छ।
  • पोखरा एभेन्जर्सले मेडिकल पार्टनर माईक्रोलाईफ र लेगल पार्टनर सिनर्जी ल एण्ड च्याम्बर्ससँग पनि शुक्रबार सम्झाैता गरेको छ।
  • अध्यक्ष सुबोध त्रिपाठीले तीन साझेदारसँग सम्झाैता भएपछि एनपीएल सिजन तीनको तयारी शुरू भएको बताए।

५ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झाैतामा हस्ताक्षर भएको हो ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले सम्झाैता पत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे ।

यस्तै पोखरा एभेन्जर्सले शुक्रबारै मेडिकल पार्टनरको रुपमा माईक्रोलाईफसँग सम्झाैता गरेको छ । उक्त सम्झाैतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र माईक्रोलाईफका सिईओ विनित तुल्सीयनले हस्ताक्षर गरे ।

यसैगरी पोखरा एभेन्जर्सले लेगल पार्टनरको रुपमा सिनर्जी ल एण्ड च्याम्बर्ससँग हस्ताक्षर गरेको छ । उक्त सम्झाैतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र सिनर्जी ल को तर्फबाट सहदेव खत्रीले हस्ताक्षर गरे ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले तीन साझेदारसँग एकैपटक सम्झाैता भएपछि एनपीएलको सिजन तीनको लागि तयारी सुरु भएको बताए । उनले नेपोभिट टायल्स हेलमेट पार्टनर रहेको र नेपालकै पहिलो टायल्स कम्पनीलाई शिरमा राखेर खेलाडीहरुले खेल्ने बताए ।

साथै मेडिकल पार्टनरको रुपमा रहेको माईक्रोलाईफले सम्पूर्ण मेडिकल सपोर्टदेखि फिजियोथेरापी लगायत सेवाहरु प्रदान गर्ने जानकारी दिए । उनले आगाी दिनमा अन्य साझेदारहरुसँग पनि सहकार्य गर्दै जाने बताए ।

नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले पछिल्लो समय नेपाली क्रिकेट टिमले टी२० विश्वकप खेलिसकेको र नेपाली क्रिकेटमा सबैको चासो बढेको बताए ।

उनले यसअघि जनकपुर बोल्ट्ससँग सहकार्य गरेको र यसपटक पोखरा एभेन्जर्ससँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय