News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको छ ।
- प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२१ र २५–१९ को जित हासिल गरेको थियो ।
- पाँचौं सेटमा ९–८ को अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग १०–१५ ले पराजित भई प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
७ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
पाकिस्तानको इस्लामाबादमा भर्खरै सकिएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भयो ।
पहिलो सेट २५–१८ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।
तर, चौथो सेट २५–२१ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा ९–८ को अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग १०–१५ को हार बेहोर्नुपर्यो ।
यसअघि बुधबार भएको खेलमा नेपाल कजाखस्तानसँग पनि पाचौं सेटमा पराजित भएको थियो ।
नेपालले लगातार दुई खेल हारेपनि २ अंक जोडेको छ । श्रीलंकाको पहिलो जित हो । २ खेलबाट ३ अंक जोडेको छ ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागी च्याम्पियनसिपमा हरेकले एकआपसमा खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतिक्रिया 4