+

एसियन गेम्स क्रिकेट : नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने

२०८३ साउन  ७ गते १२:४९ २०८३ साउन ७ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ ।
  • समूह 'ए' मा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन् ।
  • हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

७ साउन, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको छ ।

बिहीबार सम्पन्न ‘ड्र’ बाट नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो लागेको हो । समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान परेका हुन् ।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।

हरेक समूहबाट शीर्ष २ टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो ।

यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।

एसियन गेम्स एसियन गेम्स क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय