+

एसियन गेम्स २०२६ : महिला भलिबलमा नेपाल, जापान र इन्डोनेसिया समूह ‘ए’ मा

२०८३ साउन  ७ गते १४:०९ २०८३ साउन ७ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने एसियन गेम्स २०२६ को महिला भलिबलमा नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँग परेको छ ।
  • विश्व वरियताको आधारमा छनोट भएको नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियन गेम्स खेल्दै छ ।
  • नेपाली टोली हाल ‘मिसन २०२६’ अन्तर्गत विशेष तयारीमा जुटेको छ भने प्रतियोगितामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

७ साउन, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको समूह चरणमा नेपालले जापान र इन्डोनेसियासँग खेल्ने भएको छ ।

प्रतियोगिताका लागि बिहीबार ‘ड्र’ सम्पन्न भएको हो । ड्र अनुसार नेपाल समूह ‘ए’ मा एसियाली महाशक्ति जापान र इन्डोनेसियासँग परेको हो ।

नेपाली महिला टोली लगातार दोस्रो पटक एसियन गेम्स खेल्न लागेको हो । विश्व वरियताको आधारमा एसियाका शीर्ष १६ टोलीभित्र रहँदै नेपालले प्रतियोगितामा स्थान सुरक्षित गरेको हो । हाल नेपाल विश्व वरियतामा ६८औं स्थानमा रहेको छ ।

नेपालसँगै परेको आयोजक जापान एसियाकै बलियो टोलीम हो भने इन्डोनेसिया पनि दक्षिणपूर्वी एसियाको प्रतिस्पर्धी टोलीका रूपमा चिनिन्छ । विश्व वरियतामा जापान छैटौं तथा इन्डोनेसिया ६०औं स्थानमा छन् ।

नेपाली महिला टोली अहिले ‘मिसन २०२६’ अन्तर्गत विशेष तयारीमा जुटिरहेको छ ।

एसियन गेम्समा नेपालको लक्ष्य प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्तर थप उकास्नु हुनेछ ।

एसियन गेम्स नेपाली महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय