+

१२ वर्षपछि अफगानिस्तानसँग खेल्दै नेपाल

२०८३ साउन  ७ गते १३:१० २०८३ साउन ७ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले १२ वर्षको प्रतीक्षापछि एसियन गेम्समा अफगानिस्तानसँग टी-२०आई खेल्ने पक्का भएको छ।
  • एसियन गेम्सको क्रिकेट ड्र अनुसार नेपाल समूह 'ए' मा अफगानिस्तान र जापानसँग परेको छ।
  • नेपालले सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो।

७ साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीले १२ वर्षको प्रतीक्षापछि अन्तत: अफगानिस्तानसँग टी-२०आई खेल्ने भएको छ ।

एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल र अफगानिस्तानको भेट हुने पक्का भएको हो । बिहीबार एसियन गेम्सको क्रिकेटका लागि ड्र सम्पन्न भएको हो ।

ड्र अनुसार नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै परेको हो ।

नेपालले पछिल्लोपटक सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानसँग खेलेको थियो । त्यसबेला नेपालले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

अब सेप्टेम्बरमा हुने एसियन गेम्समा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि भिडन्त हुने पक्का भएको हो ।

प्रतियोगिताको थप प्रावधान र तालिका भने सार्वजनिक हुन बाँकी छ । नेपालले क्वाटरफाइनल प्रवेशका लागि कम्तीमा एक खेल जित्नुपर्नेछ ।

एसियन गेम्स क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय