+

ला लिगामा रियल मड्रिडको विजयी सुरुवात

२०८३ भदौ  ७ गते ८:०१ २०८३ भदौ ७ गते ८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले आइतबार राति एस्पान्योललाई २–१ ले हराउँदै ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
  • जूड बेलिङ्घमले नवौँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएपछि एलेक्स कालात्राभाले ३०औँ मिनेटमा बराबरी गोल फर्काए।
  • कार्लोस एस्पीले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए।

७ भदौ, काठमाडौं । रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा जोसे मोउरिन्होको टोलीले एस्पान्योललाई २–१ ले पराजित गर्‍यो ।

रियलका लागि जूड बेलिङ्घमले नवौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ३०औँ मिनेटमा एलेक्स कालात्राभाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

खेल बराबरीतर्फ उन्मुख भएका बेला ९०औं मिनेटमा कार्लोस एस्पीले निर्णायक गोल गर्दै रियललाई तीन अंक दिलाए ।

ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले भने खेल्न बाँकी छ ।

रियल मड्रिड स्पेनिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय