News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर लेभल) २०२६ मा सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौड १ मिनेट ४९.५५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।
- उनले सन् २०१८ को १८औं एसियाली खेलकुदमा बनाएको १ मिनेट ५०.२५ सेकेन्डको पुरानो कीर्तिमान ०.७० सेकेन्डले सुधार गरे ।
६ भदौ, काठमाडौं । नेपाली धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेका छन् ।
भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर लेभल) २०२६ अन्तर्गतको प्रतियोगितामा सोमले १ मिनेट ४९.५५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
यसअघि ८०० मिटरको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा थियो । उनले सन् २०१८ को १८औं एसियाली खेलकुदमा १ मिनेट ५०.२५ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।
आठ वर्षपछि आफ्नै कीर्तिमान सुधार्दै सोमले ०.७० सेकेन्डले राष्ट्रिय रेकर्ड घटाएका हुन् ।
प्रतिक्रिया 4