News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियामा जारी ११औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपालले एक स्वर्ण र एक कांस्य पदक जितेको छ ।
- फाइट क्योरुगी विधामा दीपक छन्त्यालले पुरुष ८०–८४ केजी तौल समूहमा जर्मनी, दक्षिण कोरिया र ब्राजिलका खेलाडीलाई हराउँदै स्वर्ण जिते ।
- मेग्मा गुरुङले महिला ४८–५२ केजी तौल समूहमा यूके र दक्षिण कोरियाका खेलाडीलाई हराए पनि सेमिफाइनलमा थाइल्याण्डकी खेलाडीसँग पराजित हुँदै कांस्य जितिन् ।
६ भदौ, काठमाडौं । दक्षिण कोरियामा जारी ११औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपालले एक स्वर्ण र एक कांस्य पदक जितेको छ । फाइट क्योरुगी विधामा दीपक छन्त्याल स्वर्ण विजेता बन्दा मेग्मा गुरुङले कांस्य पदक हात पारेकी हुन् ।
पुरुष ८०–८४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका दीपकले स्वर्ण जित्ने क्रममा लगातार तीन खेल जिते । उनले पहिलो चरणमा जर्मनी, सेमिफाइनलमा आयोजक दक्षिण कोरिया र फाइनलमा ब्राजिलका खेलाडीलाई पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भए ।
यस्तै, महिला ४८–५२ केजी तौल समूहमा मेग्माले यूके र दक्षिण कोरियाका खेलाडीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेकी थिइन्। उनी सेमिफाइनलमा थाइल्याण्डकी खेलाडीसँग पराजित भएपछि कांस्य पदकमै सीमित भइन् ।
दीपकको स्वर्ण र मेग्माको कांस्यसँगै नेपालले प्रतियोगितामा दुई पदक जितेको छ । नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले यो उपलब्धिले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनेको बताएका छन् ।
प्रतिक्रिया 4