News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता २०२६ शनिबारदेखि काठमाडौंमा शुरू भएको छ ।
- चार दिनसम्म चल्ने प्रतियोगितामा २५ विद्यालयका ४५ टोली यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्समा प्रतिस्पर्धा गर्नेछन् ।
- उद्घाटन खेलमा आयोजक स्वस्तिश्री गुरुकुलले रोजबड स्कुललाई २–१ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।
६ भदौ, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता २०२६ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोली सहभागी भएका छन् । प्रतियोगितामा यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्स गरी चार विधामा प्रतिस्पर्धा हुनेछ ।
नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सबिता राना मगर प्रमुख अतिथि रहेको उद्घाटन समारोहमा पूर्व राष्ट्रिय खेलाडी तथा एपीएफका मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेको पनि विशेष उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन स्वस्तिश्री गुरुकुलकी प्रबन्ध निर्देशक मिना महर्जनले रेफ्रीलाई खेलको बल हस्तान्तरण गर्दै गरेकी थिइन् ।
उद्घाटन खेलमा आयोजक स्वस्तिश्री गुरुकुलले रोजबड स्कुललाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । अन्य खेलमा रातो बंगला, पाठशाला नेपाल, जेभियर इन्टरनेसनल, जेम्स, काष्टमण्डप, राई स्कुल, ग्यालेक्सी स्कुल र हिमशिखर स्कुलले पनि प्रतिस्पर्धा गरेका छन् ।
सबिता राना मगरले विद्यालयस्तरमा यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक फुटबल खेल्ने अवसर दिँदै नेपाली फुटबलको भविष्यलाई बलियो बनाउने बताइन् ।
प्रतियोगिता आगामी मंगलबार समापन हुनेछ ।
प्रतिक्रिया 4