+

किंग्स टी–१० इन्डोर क्रिकेटको सेमिफाइनल समीकरण पूरा

२०८३ भदौ  ६ गते २२:२९ २०८३ भदौ ६ गते २२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ मा याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा पुगेका छन् ।
  • पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड एलाई १७ रनले र दोस्रोमा याङ्री बोईजले द क्यानन क्लबलाई ३५ रनले हराए ।
  • तेस्रो क्वार्टरफाइनलमा बाकयार्ड बिले मिक्समाण्डुलाई ३२ रनले र चौथोमा रोयल स्पोर्ट्स पार्क ब्लुले टिम एन्टि बायोटिक्सलाई २६ रनले पराजित गर्‍यो ।

६ भदौ, काठमाडौं । किंग्स क्रिकेट एकेडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को सेमिफाइनल समीकरण पूरा भएको छ। याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स अन्तिम चारमा प्रवेश गरेका छन् ।

रोयल स्पोर्ट्स पार्कमा भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड एलाई १७ रनले हरायो । पाङोलिनले ५ विकेटमा ९७ रन बनाउँदा रविले ३७ र सुमितले २८ रन जोडे। लक्ष्य पछ्याएको बाकयार्ड ए १० ओभरमा ५ विकेट गुमाएर ८० रनमै रोकियो ।

दोस्रो क्वार्टरफाइनलमा याङ्री बोईजले द क्यानन क्लबलाई ३५ रनले पराजित गर्‍यो। याङ्रीले ५ विकेटमा ७२ रन बनाउँदा कृशले ३९ रनको योगदान दिए । जवाफमा द क्यानन क्लब ७ विकेट गुमाउँदै ३७ रनमै समेटियो ।

तेस्रो क्वार्टरफाइनलमा बाकयार्ड बिले मिक्समाण्डुलाई ३२ रनले हरायो । बाकयार्ड बिले ६ विकेटमा ८७ रन बनाउँदा सक्षमले अविजित ६९ रनको उत्कृष्ट इनिङ्स खेले। मिक्समाण्डु भने ७ विकेट गुमाएर ५६ रनमै सीमित रह्यो ।

चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लुले टिम एन्टि बायोटिक्सलाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो । रोयलले ६२ रन बनाएको खेलमा एन्टि बायोटिक्स ३७ रनमै अलआउट भयो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्ट्स पार्कमा हुनेछ ।

किंग्स टी–१० इन्डोर क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय