+

‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा सन्तोषीले जितिन् कांस्य

२०८३ भदौ  ६ गते २२:५६ २०८३ भदौ ६ गते २२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको भुवनेश्वरमा शनिबार भएको वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६ मा सन्तोषी श्रेष्ठले महिला ५००० मिटर दौडमा कांस्य पदक जितेकी छिन् ।
  • सन्तोषीले १७ मिनेट ३१.७५ सेकेण्डमा दूरी पूरा गर्दा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जितिन् ।
  • गत अक्टोबरमा राँचीमा भएको साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सन्तोषीले १६ मिनेट ३६.६१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

६ भदौ, काठमाडौं । भातरको भुवनेश्वरमा शनिबार भएको ‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा नेपालकी सन्तोषी श्रेष्ठले महिला ५००० मिटर दौडमा कांस्य पदक जितेकी छिन् ।

सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३१.७५ सेकेण्डमा पूरा गर्दै कांस्य जितेकी हुन् । यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जितिन् । वान्जाले १५ मिनेट १६.११ सेकेण्ड तथा भारतीले १५ मिनेट ४६.४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन् ।

यस इभेन्टमा राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ । गत अक्टोबरमा भारतको राँचीमै भएको साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सन्तोषीले १६ मिनेट ३६.६१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

हाल जापानमा हुने २०औं एसियन गेम्सको तयारीमा रहेकी सन्तोषीले वर्ल्ड एथ्लेटिक्सकै शिल्भर लेभलको प्रतियोगितामा पदक जित्दै इतिहास रचेकी हुन् ।

सन्तोषीले महिला एथ्लेटिक्समा म्याराथन, हाफ म्याराथन, १० हजार मिटर, ५ हजार मिटर र १५०० मिटरमा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छिन् ।

'वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६' सन्तोषी श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय