News Summary
Generated by OK AI. Editorially reviewed.- नाम्चे युथ क्लबले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ।
- नाम्चेले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गरेको छ।
- सेमिफाइनलमा नाम्चेले खुम्जुङ युथ क्लबसँग खेल्नेछ भने महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्चले खुम्बु युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
१ फागुन, काठमाडौं । नाम्चे युथ क्लब १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्यो ।
नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे ।
आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । ओसिन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
सेमिफाइनलमा नाम्चेको भेट खुम्जुङ युथ क्लबसँग हुनेछ भने आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले खुम्बु युनाइटेड क्लबको सामना गर्ने छ ।
दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।
प्रतिक्रिया 4