+

चीन र कजाखस्तान जाने नेपाली बुद्धिचाल टोलीको बिदाइ

२०८२ चैत  १९ गते २३:५१ २०८२ चैत १९ गते २३:५१
चीन र कजाखस्तान जाने नेपाली बुद्धिचाल टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बुद्धिचाल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिहीबार बिदाइ गरे।
  • चीनमा अप्रिल ७ देखि १२ सम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा ३ खेलाडी सहभागी हुनेछन्।
  • कजाखस्तानको अल्माटीमा अप्रिल ६ देखि ११ सम्म हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडी सहभागी हुनेछन्।

१९ चैत, काठमाडौं । दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।

चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाइ को–ओपरेसन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा ३ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । रुपेश जैश्वाल, आशिष फुयाल र कृतिशरा अधिकारी सहभागी हुने छन् । व्यवस्थापकमा ताराबहादुर रानाभाट छन् ।

अप्रिल ६ देखि ११ तारिखसम्म कजाखस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम प्रतियोगितामा ५ खेलाडी सहभागी हुने छन् ।

खेलाडीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।

व्यवस्थापकमा निराजन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी छन् । दुवै टोली आइतबार आ–आफ्नो गन्तव्य प्रस्थान गर्ने छन् ।

नेपाली बुद्धिचाल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय