News Summary
Generated by OK AI. Editorially reviewed.- ज्ञान संस्कार इन्टरनेसनल स्कुलले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि जितेको छ।
- प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो र अलकापुरी स्कुल तेस्रो भएका छन्।
- प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३० भन्दा बढी विद्यालयका २०० बढी खेलाडी सहभागी थिए।
५ पुस, काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो तथा अलकापुरी स्कुल तेस्रो भए ।
समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गरिन् ।
प्रधानाध्यापक बडूले प्रतियोगिताले विद्यालयस्तरमा स्केटिङ खेलको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै प्रतियोगिताले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।
स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना विकास हुने धारणा व्यक्त गरे ।
आयोजक ज्ञान संस्कारकै हातामा भएको एकदिने प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३० भन्दा बढी विद्यालयबाट २०० बढी खेलाडी सहभागी थिए ।
प्रतिक्रिया 4