News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्लिज तेक्वान्दो एकेडेमीले १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा टिम च्याम्पियन बनेको छ।
- प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जितेको छ।
- ग्रान्ड च्याम्पियनका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् र उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीलाई पनि सम्मान गरिएको छ।
५ पुस, काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा शनिबार टिम च्याम्पियन बनेको छ ।
राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो स्थानमा रहे ।
कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ काश्य पदक हासिल गर्यो । तेस्रो हुने चन्द्रागिरीले नौ स्वर्ण, सात रजत र तीन काश्य पदक प्राप्त गर्यो । यसैगरी चौथो हुने अमेरिकाले आठ स्वर्ण र दुई रजत पदक जितेको थियो । च्याम्पियन नेप्लिज तेक्वान्दोले च्याम्पियन ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गर्यो । कोटेश्वर ३७ हजार पाँच सय र चन्द्रागिरी २५ हजार रुपियाँको हकदार बने ।
यसैरी ग्रान्ड च्याम्पियनततर्फ पहिलो इभेन्टअन्तर्गत पुरुषतर्फ भुवन महरा र महिलातर्फ माल्दिभ्सकी फाटिमा इब्राहिम विजेता बने । यसैगरी ग्रान्ड च्याम्पियनतर्फ दोस्रो इभेन्टमा पुरुषतर्फ अमेरिकाका डेनिस कारन्जित र महिलातर्फ कोटेश्वर तेक्वान्दो डोजाङकी मनिषा विश्वकर्मा च्याम्पियन भए ।
ग्रान्ड च्याम्पियनअन्तर्गत तेस्रो इभेन्टमा पुरुषतर्फ निराप लामा र महिलातर्फ इसिका राना पहिलो स्थानमा रहे । ग्रान्ड च्याम्पियनमा विजेता बन्ने छ जना खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा क्योरुगीतर्फ चन्द्रागिरीका समिर ठाकुर सर्वश्रेष्ठ पुरुष र मनिषा नेपाल सर्वश्रेष्ठ महिला खेलाडी घोषित भए । पुम्सेमा बङगलादेशका अफिफ अहमद उत्कृष्ट पुरुष र सुमिना वाइबा उत्कृष्ट महिला खेलाडी चुनिए । चारै खेलाडी जनही २५ हजार रुपियाँले पुरस्कृत भए ।
प्रजुन कुइँकेलले उकृष्ट पुरुष रेफ्री र जमुना श्रेष्ठले उत्कृष्ट महिला रेफ्रीको सम्मान पाए । यसैगरी अमेरिकाका अनमोल गोर्खालीले सर्वश्रेष्ठ पुरुष प्रशिक्षक र भारतकी कविता घर्ती सर्वश्रेष्ठ महिला प्रशिक्षकले सम्मानित भए । सर्वश्रेष्ठ रेफ्री र प्रशिक्षकले जनही २५ हजार रुपियाँ पुरस्कार पाए ।
यसैगरी सर्वाधिक सहभागी तीन टिमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीबाट सर्वाधिक सहभागिता रहेको थियो । नेप्लिजले प्रोत्साहनस्वरुप ५० हजार रुपियाँ पायो ।
दोस्रो सर्वाधिक खेलाडी सहभागी गराउने कोटेश्वर तेक्वान्दो डोजाङलाई ३७ हजार पाँच सय र तेस्रो सर्वाधिक खेलाडीसहित सहभागी टिम काभ्रे तेक्वान्दो डोजाङलाई २५ हजार रुपैआइओएफटिसीआइओएफटिसीयाँ प्रदान गरियो ।
पूर्वमन्त्री जीवनराम श्रेष्ठले समापन कार्यक्रम विजेता तथा उत्कृष्ट बनको खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पुरस्कृत गरे ।
प्रतिक्रिया 4