News Summary
Generated by OK AI. Editorially reviewed.- साफ महिला क्लब च्याम्पियनसिपमा इस्ट बंगालकी कप्तान फजिला इक्वापुट सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
- फजिलाले प्रतियोगितामा ९ गोल गरिन् र गोल्डेन बूटसहित एक हजार अमेरिकी डलर पुरस्कार जितिन्।
- इस्ट बंगालकी गोलरक्षक इलाङबाम पान्थोइ सर्वोत्कृष्ट गोलरक्षक घोषित भइन् र टोलीले फाइनलमा एपीएफलाई ३-० ले हरायो।
५ पुस, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको विजेता टोली इस्ट बंगालकी कप्तान फजिला इक्वापुट प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोगिताभर कुल ९ गोल गरेकी फजिलाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन् । अवार्डसँगै उनले एक हजार अमेरिकी डलर पनि प्राप्त गरिन् ।
यस्तै सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बूट पनि फजिलाले नै प्राप्त गरिन् । उनले प्रतियोगितामा एक ह्याट्रिक पनि गरेकी थिइन् । नसरिन स्पोर्ट्स एकेडेमीविरुद्धको खेलमा एक्लै ५ गोल गरिन् ।
सर्वोत्कृष्ट गोलरक्षक पनि इस्ट बंगालकै गोलरक्षक इलाङबाम पान्थोइ घोषित भइन् । इस्ट बंगालले प्रतियोगिताभर कुनै पनि गोल बेहोरेन । त्यसमा मुख्य नायक इलाङबाम नै बनिन् ।
यस्तै भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।
शनिबार दशरथ रंगशालामा भएको फाइनलमा इस्ट बंगालले एपीएफमाथि ३-० को जित हासिल गरेको थियो ।
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर




प्रतिक्रिया 4