+

साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै

२०८२ पुष  ५ गते ९:०७ २०८२ पुष ५ गते ९:०७
साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगाल खेल्दै
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र इस्ट बंगला आज दशरथ रंगशालामा खेल्दैछन्।
  • एपीएफकी कप्तान अनिता बस्नतेले भनिन्, 'हामी फाइनलमा इस्ट बंगालको सामना गर्न तयार छौं र पहिलोपटक उपाधि जित्न उत्साहित छौं।'
  • फाइनलसम्म आइपुग्दा इस्ट बंगला र एपीएफ अपराजित छन्, इस्ट बंगलाले १३ गोल गरेको छ भने एपीएफले ५ गोल मात्र गरेको छ।

५ पुष, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन टोली एपीएफले भारतको लिग च्याम्पियन इस्ट बंगलासँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो । जसमा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच राष्ट्रका क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपालको एपीएफ र भारतको इस्ट बंगला शीर्ष दुई स्थानमा रहेर फाइनल पुगेको हो ।

यो प्रतियोगिता क्लबहरुले खेलेपनि राष्ट्रकै प्रतिनिधित्व भएकोले यस फाइनलका लागि तयारी रहेको र उपाधि जित्नका लागि खेल्ने एपीएफकी कप्तान अनिता बस्नतेले बताएकी छन् । ‘हामी फाइनलमा इस्ट बंगालको सामना गर्न तयार छौं । क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेका छौं अनि पहिलोपटक उपाधि जित्नका लागि उत्साहित पनि छौं ।’

नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । एपीएफ त्यो उपाधि भोक पूरा गर्न चाहन्छ ।

यस पटक घरेलु मैदानमा भएपनि एपीफमा सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता खेलाडी छैनन् । यस्तै सबिता राना मगर चोटका कारण खेल्न पाएकी छैनन् ।

मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले मुख्य खेलाडीहरु नभएपनि फाइनलमा उपाधि जित्नकै लागि खेल्ने बताएका छन् । यस्तै इस्ट बंगालका प्रशिक्षक एन्टोनीले पनि फाइनलमा गुमाउने कुन कुरा नहुने भएकोले जितकै लागि खेल्ने बताएका छन् ।

इस्ट बंगाल र एपीएफ क्लब हालसम्म अपराजित छन् । दुवैले फाइनलसम्म आइपुग्दा कुनै गोल समेत कन्सिड गरेका छैनन् ।

इस्ट बंगालले लिग चरणमा चार मध्ये तीन खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो । यता एपीएफले दुई खेल जित्दा दुई खेल बराबरी खेलेको थियो ।

एपीएफ र इस्ट बंगाल फाइनलअघि आफ्नो अन्तिम लिग खेलका भिडेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

फाइनलसम्म आइपुग्दा इस्ट बंगाल बलियो टोलीको रुपमा देखिएको छ । यद्यपी एपीएफलाई घरेलु मैदानको र दर्शको एडभान्टेज छ ।

इस्ट बंगालले लिग चरणमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४-० ले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसपछि कराची सिटी एफसीलाई २-० र नसरिन स्पोर्ट्स एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

यस्तै एपीएफले पहिलो खेलमै नसरिन स्पोर्ट एकेडेमीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरीमा रोकियो । तेस्रो खेलमा कराची सिटी एफसीलाई १-० ले पराजित गरेको थियो ।

दुवैले फाइनल यात्रा सम्म अपराजित रहँदा इस्ट बंगालले १३ गोल गरेको छ भने एपीएफले जम्मा ५ गोल मात्र गरेको छ ।

साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय