+

नियम उल्लंघन गरेपछि एन्फालाई एएफसीको जरिवाना

२०८२ पुष  ४ गते १३:५१ २०८२ पुष ४ गते १३:५१
नियम उल्लंघन गरेपछि एन्फालाई एएफसीको जरिवाना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन फुटबल कन्फेडेरेसनले अखिल नेपाल फुटबल संघलाई २ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।
  • मलेसियासँगको खेलमा ढिलाइ गरेपछि जरिवाना तोकिएको हो।
  • एएफसीले निर्णय भएको ३० दिनभित्र उक्त जरिवाना भुक्तानी गर्नुपर्ने उल्लेख गरेको छ।

४ पुस, काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नियम उल्लंघन गरेको भन्दै जरिवाना सुनाएको छ ।

एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणअन्तर्गत गत नोभेम्बर १८ मा भएको नेपाल र मलेसियाबीचको खेलमा ढिलाइ गरेको आरोपमा एन्फालाई एएफसीले २ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।

‘एन्फाका प्रतिनिधिका कारण खेलको पहिलो हाफ १ मिनेट २० सेकेन्ड र दोस्रो हाफ १ मिनेट ३० सेकेन्ड ढिलो सुरु भएको थियो। त्यही कारण २ हजार डलर जरिवाना तोकिएको छ’ एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीको गत डिसेम्बर १५ मा भएको बैठकपछि गरिएको निर्णयमा भनिएको छ।

एन्फासँगै मलेसियाको फुटबल संघलाई पनि २ हजार ५०० डलर जरिवाना तोकिएको छ । एएफसीले निर्णय भएको ३० दिनभित्र उक्त जरिवाना भुक्तानी गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

नेपाल मलेसियासँगको उक्त खेलमा १-० ले पराजित भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एएफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय