+

एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी

२०८२ पुष  ५ गते २१:२० २०८२ पुष ५ गते २१:२०
एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन्।
  • कोर्समा एसियाका ४० राष्ट्रका एक सय जना रेफ्री सहभागी भएका छन् र नयाँ नियम सन् २०२६ जनवरी १ बाट लागु हुनेछ।
  • सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स हुन् र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

५ पुस, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् ।

विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरुका बारेमा जानकारी गराउन एसियन तेक्वान्दो युनियन (एटीयू) ले एसियाका सबै देशबाट प्रतिनिधित्व हुने गरी रेफ्री छनोट गरेर यही डिसेम्बर १७ देिख २० तारिखसम्म दक्षिण कोरियाको राजधानी सियोलस्थित कोरिया नेसनल स्पोट्र्स एकेडेमीमा चार दिनसम्म प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

कोर्समा सहभागी हुन सिवाकोटी गत मंगलबार नै दक्षिण कोरिया गएका थिए । कोर्समा एसियाका ४० राष्ट्रका एक सय जना रेफ्री सहभागी भएका छन् ।

विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरु सन् २०२६ जनवरी १ बाट विश्वभरका अफिसियल तेक्वान्दो प्रतियोगितामा लागु हुनेछ । एसियन रिजनमा परिवर्तित नियम जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा पनि लागु हुने जनाइएको छ ।

सिवाकोटी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं टेक्निकल डेलिगेट्स (टीडी) पनि हुन् । उनले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारतलगायतका देशमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

यसैगरी अजरबैजानमा आयोजना भएको ग्योरोगीको वल्र्ड च्याम्पियनसिपलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिकासमेत निर्वाह गरिसकेका छन् । बब्बु तेक्वान्दोको अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक पनि हुन् ।

बब्लु सिवाकोटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय