+

एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

२०८३ जेठ  १२ गते १९:१४ २०८३ जेठ १२ गते १९:१४
एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले आगामी २०औं एसियाली खेलकुद र सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि चिनियाँ ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।
  • सातदोबाटोस्थित एनओसी भवनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र पेलियटका उपाध्यक्ष चाओ लीले सो सम्झौतामा हस्ताक्षर गरे ।
  • सम्झौताअनुसार पेलियटले एसियाली खेलकुद र लस एन्जलस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरूलाई आवश्यक खेल सामग्रीहरू उपलब्ध गराउनेछ ।

१२ जेठ, काठमाडौं । एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ ।

सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सो सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई खेल सामाग्री उपलब्ध गराउनेछ ।

यसैगरी ओलम्पिक कमिटीले पनि आफ्नो प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ । गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको थियो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोशाक लगाउने जानकारी दिए ।

उनले भने, ‘पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रुपमा स्वीकारेका हौं । पेलियोटको पोशाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउनेछ ।’

नेपाल ओलम्पिक कमिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय