+

मेस्सीबारे इन्टर मायामी : मैदान फर्किने विषय शारीरिक अवस्था र रिकभरीमा निर्भर हुन्छ

२०८३ जेठ  १२ गते १९:०८ २०८३ जेठ १२ गते १९:०८
मेस्सीबारे इन्टर मायामी : मैदान फर्किने विषय शारीरिक अवस्था र रिकभरीमा निर्भर हुन्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी क्लब इन्टर मियामीले लियोनेल मेस्सीको देब्रे ह्यामस्ट्रिङमा मांसपेशी थकानसम्बन्धी ओभरलोड समस्या देखिएको जानकारी दिएको छ ।
  • मेस्सी अमेरिकी मेजर लिग सकरअन्तर्गत आइतबार भएको फिलाडेल्फियाविरुद्धको खेलमा ७३औं मिनेटमा मैदानबाट निस्किएका थिए ।
  • मेस्सी मैदान कहिले फर्किने भन्ने विषय उनको शारीरिक अवस्था र रिकभरीको प्रगतिमा निर्भर रहने क्लबले जनाएको छ ।

१२ जेठ, काठमाडौं । अमेरिकी मेजर लिग क्लब इन्टर मियामी एफसीले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ ।

मियामी कम्युनिकेसन विभागकाअनुसार सोमबार गरिएको थप चिकित्सकीय परीक्षणपछि प्रारम्भिक रिपोर्टमा उनको देब्रे ह्यामस्ट्रिङमा मांसपेशी थकानसँग सम्बन्धित ‘ओभरलोड’ समस्या देखिएको छ ।

अमेरिकी मेजर लिग सकरअन्तर्गत आइतबार भएको फिलाडेल्फियाविरुद्धको खेलका क्रममा मेस्सी ७३औं मिनेटमा मैदानबाट निस्किएका थिए ।

प्रतिस्थापनका लागि मेस्सी आफैंले अनुरोध गरेका कारण पनि उनी घाइते भएको हुनसक्ने धेरैले चिन्ता व्यक्त गरेका थिए ।

विश्वकपअघि घाइते हुँदा मेस्सीले विश्वकप गुमाउने आंशका धेरै समर्थकमा बढेको थियो ।

मेस्सी कहिले मैदान फर्किने भन्ने विषय उनको शारीरिक अवस्था र रिकभरीको प्रगतिमा निर्भर रहने क्लबले जनाएको छ ।

इन्टर मायमी लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय