+

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु, ३० खेलाडी सहभागी

२०८२ पुष  २७ गते २०:५८ २०८२ पुष २७ गते २०:५८
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु, ३० खेलाडी सहभागी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको थापाथालीमा हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता सुरु भएको छ ।
  • १८ वर्षमुनिका खेलाडीका लागि ९ चरणको क्लासिकल चेस प्रतियोगितामा २४ पुरुष र ६ महिला खेलाडी सहभागि छन् ।
  • प्रतियोगितामा सहभागिमध्ये १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन् ।

२७ पुस, काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ ।

काठमाडौ महानगर-११ स्थित थापाथालीमा रहेको एकेडेमीको आफ्ने चेस हलमा आयोजित प्रतियोगितामा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् ।

प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह कार्कीलाई पराजित गर्दै १ अंक जोडे । सजल न्यौपाने, हार्दिक पन्त, लियोन महर्जन, अनमोल राई, निहाना श्रेष्ठ, शुभांग प्रधान, अरिज राई, आशिर्वाद थापा, अभिक रेग्मी, प्रवीर केसी, विराज सरिया, सात्विकमान तुलाधर, उजिभानी कँडेल र रोहित श्रेष्ठले पनि जित हात पारे ।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

स्वीस प्रणालीको आधारमा ९ चरणको प्रतियोगिता नौ दिन चल्नेछ । जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।

हिमालयन च्यालेन्जर्समा २४ पुरुष र ६ महिला खेलाडी सहभागि छन् । खेलाडीको औसत उमेर १३ वर्ष रहेको छ । रेटेड खेलाडी १४ जना छन् भने अनरेटेडको संख्या १६ रहेको छ । औसत फिडे रेटिङ १४६८ रहेको छ । १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन् ।

पछिल्लो समय चेसको र्‍यापिड र ब्लिज इभेन्ट चल्तीमा रहेपनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ । त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमी संस्थापक मोनालिशा खम्बू बताउँछिन् ।

दैनिक एक राउन्डको खेल हुनेछ । पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ ।

हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय