+

बीपीएलमा राजशाहीको जित, सन्दीपले लिए एक विकेट

२०८२ पुष  २७ गते १८:०४ २०८२ पुष २७ गते १८:०४
बीपीएलमा राजशाहीको जित, सन्दीपले लिए एक विकेट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा चौथो खेलमा ४ ओभर बलिङ गर्दै १ विकेट लिए।
  • राजशाही वारियर्सले रंगपुर राइडर्सलाई ७ विकेटले हराउँदै १७९ रनको लक्ष्य ५ बल बाँकी छँदा पूरा गर्‍यो।
  • राजशाहीले ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

२५ पुस, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आफ्नो चौथो खेल खेलेका नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

राजशाही वारियर्सबाट खेलिरहेका सन्दीपले आइतबार रंगपुर राइडर्ससँगको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन दिएर १ विकेट लिए । उनले लिटन दासको विकेट लिएका थिए ।

खेलमा राजशाही पनि विजयी भयो । राजशाहीले रंगपुरलाई ७ विकेटले हरायो । १७९ रनको लक्ष्य राजशाहीले ५ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मुहम्मद वासिमले अविजित ८७ रन बनाए । कप्तान नजमुल होसेन शान्तोले ७६ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रंगपुरले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो । तोहिद रिदोएले अविजित ९७ रन बनाएका थिए ।

सन्दीपले हालसम्म ४ खेल खेलेका छन् । पहिलो खेलमा २ विकेट लिएका थिए भने दोस्रो र तेस्रो खेलमा १ विकेट लिए ।

राजशाहीले ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ ।

बंगलादेश प्रिमियर लिग सन्दीप लामिछाने

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय