+

बैंगलोर क्यालिस्थेनिक्समा नेपाली खेलाडीले रचे इतिहास

२०८२ पुष  २७ गते ११:४८ २०८२ पुष २७ गते ११:४८
बैंगलोर क्यालिस्थेनिक्समा नेपाली खेलाडीले रचे इतिहास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका खेलाडीहरूले भारतको बैंगलोरमा सम्पन्न 'ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६'मा दुई स्वर्ण र एक रजत पदक जितेका छन्।
  • समर लामाले ६५ केजी मुनी तौल समूहको स्ट्याटिक्सतर्फ पहिलो स्थान हात पारेका छन् भने संगम अधिकारीले फ्रीस्टाइलतर्फ दोस्रो स्थान हासिल गरेका छन्।
  • ईसुरा राईले महिला फ्रीस्टाइलतर्फ पहिलो स्थान हासिल गरी विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छिन् र टोली ७ जनवरी बैंगलोर प्रस्थान गरेको थियो।

२७ पुस, काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन।

६५ केजी मुनी तौल समूहमा स्ट्याटिक्स तर्फ समर लामा पहिलो स्थान हात पार्न सफल भएका छन्। त्यस्तै फ्रीस्टाइलतर्फ ६५ केजी मुनी तौल समूहमा संगम अधिकारी दोस्रो स्थान हात पार्न सफल भए ।

साथै महिला फ्रीस्टाइलतर्फ ईसुरा राई पहिलो स्थान हात पार्दै विश्व च्याम्पियनसिपको लागि छनोट भएकी छिन । यो नेपालको लागि एउटा ऐतिहासिक जीत तथा अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिपमा पहिलो सहभागिता हुनेछ।

वर्कआउट लिडर तथा क्यालिस्थेनिक्स खेलाडी जगदीश चन्द्र जोशी ‘ज्याक’को संयोजकतामा नेपाली टोली ७ जनवरीमा बैंगलोर प्रस्थान गरेको थियो।

सरकारी निकायबाट कुनै पनि सहयोग नपाए तापनि आफ्नो क्षेत्रमा र फिटनेसमा लागेका हरेक व्यक्तिहरूको साथ सहयोगले गर्दा आज नेपाली टोली यो विश्व च्याम्पियनसिपको यात्रासम्मको यात्रा गर्न सफल भएको ज्याकको भनाइ छ।

दुई स्वर्ण र एक रजत पदकको साथमा आइतबार बेलुका टोली नेपाल फर्कने कार्यक्रम रहेको छ। स्वर्ण पदक विजेता खेलाडीले रुसमा हुने विश्व च्याम्पियनसिपमा सहभागिता हुने मौका पाएका छन् ।

बैंगलोर क्यालिस्थेनिक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय