+

एफए कपमा सिटी र चेल्सीको फराकिलो जित

२०८२ पुष  २७ गते ७:४१ २०८२ पुष २७ गते ७:४१
एफए कपमा सिटी र चेल्सीको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस एफए कप फुटबलको तेस्रो चरणमा म्यान्चेस्टर सिटीले एक्सेटर सिटीलाई १०-१ ले पराजित गरेको छ।
  • चेल्सीले चार्ल्टनलाई ५-१ ले हराउँदै चौथो चरणमा प्रवेश गरेको छ।
  • टोटनहम एस्टन भिल्लासँग २-१ ले पराजित हुँदै प्रतियोगिता बाहिरिएको छ।

२७ पुस, काठमाडौं । इंग्लिस एफए कप फुटबलको तेस्रो चरणमा प्रिमियर लिगका दुई क्लब म्यान्चेस्टर सिटी र चेल्सीले फराकिलो जित निकालेका छन् ।

सिटीले एक्सेटर सिटीलाई १०-१ को फराकिलो अन्तरले पराजित गरेको हो । सिटीका लागि रिको लेविसले दुई गोल गर्दा म्याक्स एलिन, रोड्री, एन्टोइन सेमेन्यो, तिजानी रेन्डर्स, निको ओ रिली र रायन म्याकइडोले एक-एक गोल गरे ।

अरु दुई गोल भने सिटीले उपहार पाएको थियो । एक्सेटरका जेक होवेल र ज्याक फिजवाटरले आत्मघाती गोल गरे । जर्ज बिर्चले अन्तिम समयमा टोलीका लागि एक गोल फर्काए ।

त्यस्तै चेल्सीले चार्ल्टोनलाई ५-१ गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा जोरेल हाटो, तोसिन आद्राबिबायो, मार्क गुयु, पेड्रो नेटो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । चार्ल्टनका लागि मिलेस लिबर्नले एक गोल गरे ।

टोटनहम भने एस्टन भिल्लासँग २-१ ले पराजित हुँदै बाहिरियो । बर्नलीले मिलवाललाई ५-१ ले पराजित गर्‍यो । फुलहमले मिडल्सब्रोलाई ३-१ ले तथा ब्रेन्टफोर्डले सेफिल्ड वेडनस्डेलाई २-० ले पराजित गरेर चौथो चरणमा पुगेको छ ।

प्रतिस्पर्धात्मक खेलमा न्युकासलले बर्नमाउथलाई सडन डेथमा ७-६ ले पराजित गर्‍यो । वुल्भ्सले श्रसबरीलाई ६-१ गोलले पराजित गर्‍यो ।

एफए कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय