News Summary
Generated by OK AI. Editorially reviewed.- अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा इजिप्टले आइभरी कोस्टलाई ३-२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
- इजिप्टले सेनेगलसँग फाइनल प्रवेशका लागि खेल्नेछ भने नाइजेरिया र मोरक्कोबीच अर्को सेमिफाइनल हुनेछ।
- पहिलेका क्वाटरफाइनलमा सेनेगलले मालीलाई १-०, मोरक्कोले क्यामरुनलाई २-० र नाइजेरियाले अल्जेरियालाई २-० ले पराजित गरेको थियो।
२७ पुस, काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा इजिप्टले आइभरी कोस्टलाई ३-२ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।
इजिप्टको जितमा ओमर मारमाउश, रामी राबिया र मोहमद सालाहले एक-एक गोल गरे। आइभरी कोस्टका लागि गुएला डुएले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमा मारमाउशले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा राबियाले गोल गर्दै अग्रता दोब्बर पारे । ४०औं मिनेटमा अहमद अबु एल फोतोहबाट आत्मघाती गोल भएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।
दोस्रो हाफको ५२औं मिनेटमा सालाहले गोल गर्दै इजिप्टलाई ३-१ को अग्रतामा पुर्याए । ७३औं मिनेटमा डुएले गोल गर्दै अन्तर घटाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।
इजिपटले अब फाइनल प्रवेशका लागि सेनेगलसँग खेल्नेछ । अर्को सेमिफाइनलमा नाइजेरिया र मोरक्को खेल्नेछन् ।
यसअघि पहिलो क्वाटरफाइनलमा सेनेगलले मालीलाई १-० ले हराएको थियो भने दोस्रो क्वाटरफाइनलमा मोरक्कोले क्यामरुनलाई २-० ले हराएको थियो । तेस्रो क्वाटरफाइनलमा नाइजेरियाले अल्जेरियालाई २-० ले पराजित गर्यो ।
प्रतिक्रिया 4