+

तेन्जिङ नोर्गे स्मृति खुला क्लाइम्बिङ प्रतियोगिता मे २९ मा आयोजना हुने

२०८२ पुष  २७ गते १६:२१ २०८२ पुष २७ गते १६:२१
तेन्जिङ नोर्गे स्मृति खुला क्लाइम्बिङ प्रतियोगिता मे २९ मा आयोजना हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले आयोजना गर्ने खुला क्लाइम्बिङ प्रतियोगिता २०२६ को मिति मे २९ मा सारिएको छ।
  • प्रतियोगिता सगरमाथा पहिलो सफल आरोहण भएको दिन १९५३ मे २९ को सम्मानमा मिति परिवर्तन गरिएको आयोजकले बताएको छ।
  • प्रतियोगिताले नेपाली साहसिक खेल प्रवर्द्धन र युवालाई पर्वतारोहणतर्फ आकर्षित गर्ने उद्देश्य राखेको आयोजकले उल्लेख गरेको छ।

२७ पुस, काठमाडौं । स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजना हुँदै आएको खुला क्लाइम्बिङ (आरोहण) प्रतियोगिता २०२६ को मिति परिवर्तन गरिएको छ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए र युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्क. को संयुक्त आयोजनामा हुने प्रतियोगिता अब आगामी मे २९, मा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

यसअघि प्रतियोगिता जनवरी २९, २०२६ मा आयोजना गर्ने तयारी गरिएको थियो। तर विशेष कारणवश मिति परिवर्तन गरिएको आयोजक संस्थाले जनाएको छ । आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पत्रकार सम्मेलन गर्दै आयोजकले नयाँ मिति सार्वजनिक गरेको हो।

तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा (एभरेस्ट) को पहिलो सफल आरोहण गरेको ऐतिहासिक दिन  (सन् १९५३ मे २९) को सम्मानस्वरूप प्रतियोगिताको मिति परिवर्तन गरी सोही दिन पारिएको आयोजकले जनाएको छ । यस्तै आगामी वर्षहरुमा भने प्रतियोगिता पूर्वनिर्धारित मिति मेर २९ मै हुने बयोजकले जनाएको छ ।

स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको साहस, योगदान र विश्व पर्वतारोहण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप मे २९ लाई प्रतियोगिताको स्थायी मितिका रूपमा अघि बढाउने निर्णय गरिएको आयोजक समितिले जनाएको छ ।

दुई वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता नेपाली साहसिक खेलको प्रवर्द्धन, खेल आरोहण संस्कृतिको विकास तथा युवापुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको छ ।

नेपालमा विकासोन्मुख खेल आरोहणलाई संस्थागत रूपमा अगाडि बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ ।

 

तेन्जिङ नोर्गे स्मृति खुला क्लाइम्बिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय