+

अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको कीर्तिमानी २८ हजार रन पूरा

२०८२ पुष  २७ गते १९:५६ २०८२ पुष २७ गते १९:५६
अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको कीर्तिमानी २८ हजार रन पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका स्टार क्रिकेटर विराट कोहलीले न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय खेलमा २८ हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका छन्।
  • कोहलीले ६२४ इनिङ्समा २८ हजार रन पूरा गरी सबैभन्दा छिटो यो कीर्तिमान बनाएका छन्।
  • उनले ८४ शतक बनाइसकेका छन् र अन्तर्राष्ट्रिय रनको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

२७ पुस, काठमाडौं । भारतका स्टार क्रिकेटर विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन पूरा गरेका छन् । आइतबार भइरहेको न्युजिल्यान्डसँगको पहिलो एकदिवसीय खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन् ।

यस खेलअघि उनी २७ हजार ९७५ रनमा थिए। आजको खेलमा २५ रन जोडेपछि उनले २८ हजार रन पूरा गरे । २८ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि भारतकै महान ब्याटर सचिन तेन्दुल्कर र श्रीलंकाका लेजेन्ड कुमार सांगाकाराले पनि २८ हजार रन पूरा गरेका छन् ।

यद्यपी कोहलीले भने कीर्तिमान नै बनाए । उनले सबैभन्दा छिटो २८ हजार रन पूरा गर्ने कीर्तिमान आफ्नो नाममा गरे । कोहलीले ६२४ इनिङ्समा २८ हजारभन्दा बढी रन बनाइसकेका छन् र उनका नाममा ८४ शतक छन्।

सांगाकाराले ६६६ इनिङ्समा २८ हजार रन पूरा गरेका थिए भने तेन्दुल्करले ६४४ इनिङ्समा पूरा गरेका थिए । तेन्दुल्करको ३४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन छ ।

कोहलीले सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा कुमार सांगाकारालाई पछि पनि पारेका छन् । सांगाकाराको २८ हजार १६ रन थियो । कोहलीले यो आँकडा पार गरेर दोस्रोमा उक्लिएका छन् ।

३०१ रनको लक्ष्य पछ्याइरहेको भारत २६ ओभरमा १५९-१ को अवस्थामा छ भने विराट कोहलीले अर्धशतक नै पूरा गरिसकेका छन् ।

सचिन तेन्दुलकरको अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोड्न गाह्रो भए पनि, कोहलीसँग १०० शतकको कीर्तिमान तोड्ने मौका अझै बाँकी छ।

यदि उनले राम्रो फर्म कायम राखे भने २०२७ को विश्वकपसम्म यो सम्भव हुन सक्छ।

विराट कोहली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय