News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।
- काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गरिएको छ ।
- कम्पनीले जिम तथा फिटनेस उपकरणको माग बढेकाले सेवा र वितरण सञ्जाल विस्तार गर्ने र थप सहरमा शाखा खोल्ने लक्ष्य लिएको छ ।
२६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
काठमाडौंको बालाजु चोकनजिक एनसेल टावर आसपासमा सञ्चालनमा आएको ग्यालेक्सी फिटनेसको नयाँ शोरुम उद्घाटन गर्दै भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।
शोरुम उद्घाटनपछि भुर्तेलले ग्यालेक्सी फिटनेससँगको सहकार्यले आफूलाई थप हौसला मिलेको बताए । खेलाडीका लागि फिटनेस महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस सहकार्यले आफूलाई थप ऊर्जा प्रदान गरेको बताएका छन्।
आधुनिक जिम तथा फिटनेस उपकरणको बिक्री र वितरण गर्दै आएको ग्यालेक्सी फिटनेस फ्यामिलीले युवा व्यवसायीहरूको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीका अनुसार नेपालमा जिम तथा फिटनेस उपकरणको माग बढ्दै गएकाले कम्पनीले आफ्नो सेवा र वितरण सञ्जाल विस्तार गरेको हो ।
चीनबाट विभिन्न प्रकारका जिम तथा फिटनेस उपकरण आयात गर्दै आएको कम्पनीले जिम, फिटनेस सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी उपकरण बिक्री तथा वितरण गर्दै आएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी फिटनेसका शाखा काठमाडौंको कलंकी, बुटवल, पोखरा, चितवन र दमकलगायतका स्थानमा छन्। आगामी दिनमा देशका थप सहर तथा जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
भुर्तेलसँगको सहकार्यले खेलकुद र फिटनेसलाई जोड्नुका साथै स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीले आगामी दिनमा फिटनेस उपकरणको विविधता बढाउने, वितरण सञ्जाल विस्तार गर्ने र ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया 4