News Summary
Generated by OK AI. Editorially reviewed.- तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबलको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ ।
- आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा चरङ्गेले गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गरेको हो ।
- उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाएको छ भने उपविजेता गोर्खा ब्वाइजले दुई लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाएको छ ।
२५ असोज, काठमाडौं । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ ।
आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गर्दै चरङ्गेले उपाधि जितेको हो ।
उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गोर्खा ब्वाइजले दुई लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएको छ ।
प्रतियोगितामा गोर्खा ब्वाइजका विदेशी खेलाडी सिल्ला उत्कृष्ट डिफेन्डर घोषित भए । चरङ्गेका कृष्ण आले उत्कृष्ट मिडफिल्डर, भीम पुन उत्कृष्ट गोलरक्षक र अभिनास उत्कृष्ट खेलाडी बने ।
आयोजक झरना स्पोर्ट्स क्लबका दीपसन सापकोटा उदीयमान खेलाडी घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेल र तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया 4