News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ को ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ र पहिले ब्याटिङ गर्नेछ ।
- ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ र अब ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।
- लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं र क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौं स्थानमा छन् ।
२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडा विरुद्ध टस हारेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा क्यानडाले टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो ।
लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो महत्त्वपूर्ण छ । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो ।
ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।
लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौंमा छ ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी
प्रतिक्रिया 4