News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल संघले ५० वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका राष्ट्रिय टोलीका खेलाडीलाई शनिबार गोल्डेन जुबली कार्यक्रममा सम्मान गरेको छ।
- ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले सन् १९७६ मा पाकिस्तानको कायदे आजम भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो।
- कार्यक्रममा टोलीका व्यवस्थापक मधुसमशेर राणाले पाकिस्तान यात्रा र प्रतियोगिताका अनुभव सुनाउँदै पाँच दशकपछि सम्मान पाएकोमा खुसी व्यक्त गरे।
२४ असोज, काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टिमका खेलाडी सम्मानित भएका छन् । नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको ५० वर्ष पुगेको अवसरमा नेपाल भलिबल संघ (एनभीए) ले शनिबार गोल्डेन जुबली कार्यक्रम आयोजना गरी खेलाडीलाई सम्मान गरेको हो ।
संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई सम्मानपत्र र खादा प्रदान गरेको थियो । ऋषिराज आचार्यको कप्तानीमा नेपाली टोलीले सन् १९७६ मा पाकिस्तानमा भएको कायदे आजम भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गरेको थियो ।
सम्मान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीका चार खेलाडी र व्यवस्थापक मधुसमशेर राणा उपस्थित थिए। रेशम गुरुङ, रवीन्द्र श्रेष्ठ, मधुसुदन राना र कपिलकिशोर श्रेष्ठ कार्यक्रममा सहभागी भए। कप्तान ऋषीराज आचार्य र महेन्द्रलाल श्रेष्ठ भने उपस्थित थिएनन्।
कार्यक्रममा टोलीका व्यवस्थापक राणाले ५० वर्षअघि पाकिस्तानमा प्रतियोगिता खेल्दाका अनुभव र रोचक क्षण सुनाएका थिए। उनले पाँच दशकपछि संघले आफूहरूलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे।
प्रतिक्रिया 4