+

पहिलो दसैं टेबलटेनिस प्रतियोगिता सम्पन्न

२०८३ असोज  २४ गते २१:४७ २०८३ असोज २४ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यल स्पोर्ट्स एकेडेमीको आयोजनामा ललितपुरको ग्वार्कोमा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भयो ।
  • प्रतियोगिताको ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका चार पुरुष विधामा स्वर्ण पदक क्रमशः बिलाश श्रेष्ठ, विमलराज घिमिरे, जयराम महर्जन र प्रकाश धाख्वाले जिते ।
  • राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको प्रमुख आतिथ्यमा समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

२४ असोज, काठमाडौं । यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा भएको प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका चार विधामा प्रतिस्पर्धा भएको थियो ।

३० वर्षमाथिको विधामा एपीएफका बिलाश श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफकै राजीव चिकंबन्जारलाई पराजित गरे। खोल्चा पोखरीका योगेन्द्र महर्जन र एभिएमका सलिम ताम्राकार तेस्रो हुँदै कांस्य पदक जित्न सफल भए ।

४० वर्षमाथिको विधामा विमलराज घिमिरेले राजकुमार खड्गीलाई हराउँदै स्वर्ण पदक जिते। खड्गीले रजत पदकमा चित्त बुझाए। यस विधामा एभिएमका अशोक महर्जन र कीर्तिपुरका दिलोन श्रेष्ठ तेस्रो भए ।

५० वर्षमाथिको विधामा एभिएमका जयराम महर्जनले स्वर्ण पदक जिते। उनीसँग पराजित संघरत्न डंगोल दोस्रो भए । भक्तपुरका सुबोध जोन्छे र बनेपाका मध्यश मकैले कांस्य पदक जिते ।

६० वर्षमाथिको विधामा खोल्चा पोखरीका प्रकाश धाख्वाले स्वर्ण पदक जिते। कीर्तिपुरका रवीन्द्र महर्जन दोस्रो भए। मनोहरि थापा र एभिएमका सुदर्शनप्रसाद गौतमले कांस्य पदक प्राप्त गरे।

राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका–१७ का वडाध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सचिव शिवसुन्दर गोठेलगायतको उपस्थिति थियो ।

दसैं टेबलटेनिस प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय