News Summary
Generated by OK AI. Editorially reviewed.- पेपे पिज्जाले एक्स्ट्रिम प्रेजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ को पहिलो संस्करणको उपाधि जितेको छ।
- शनिबार हब स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा पेपे पिज्जाले एन पेनाङ भेट्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको हो।
- निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि पेपे पिज्जाले १० लाख रुपैयाँ पुरस्कारसहित उपाधि जितेको छ।
२४ असोज, काठमाडौं । पेपे पिज्जाले एक्स्ट्रिम प्रेजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ को उपाधि जितेको छ । शनिबार हब स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा एन पेनाङ भेट्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पेपे पिज्जा पहिलो संस्करणको च्याम्पियन बनेको हो। उपाधिसँगै उसले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा पेपे पिज्जाले बाजी मार्दै उपाधि आफ्नो नाममा गर्यो ।
फाइनलअघि भएको पहिलो सेमिफाइनलमा पेपे पिज्जाले फ्रिडम फाइटर्ससँग निर्धारित समयमा २–२ गोलको बराबरी खेलेको थियो । पेनाल्टी सुटआउटमा जित निकाल्दै पेपे पिज्जा फाइनलमा पुगेको थियो। दोस्रो सेमिफाइनलमा एन पेनाङ भेट्रान्सले सेक्रेट्स एफसीलाई २–१ गोलले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो ।
१३ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ३ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
एक्स्ट्रिम र फुडपार्कको प्रस्तुतिमा आयोजित प्रतियोगितालाई पेपे पिज्जा, जेन्ट्स पार्क, इन्फिनिटी, डर्क एन्ड ब्राउन, केएफसी, बिग टेक र सुपरयूले सहयोग गरेका थिए। गुरमेट भियना, डीके फुड्स र मिट मेकर उपहार साझेदार थिए ।
त्यस्तै, ह्याम्स मेडिकल पार्टनर, युनाइटेड अजोड बीमा साझेदार, गोलनेपाल मिडिया पार्टनर, अक्वाफिना हाइड्रेसन पार्टनर, निम्बु पानी पेय साझेदार र ट्रस्ट गार्ड सुरक्षा साझेदारका रूपमा रहेका थिए।
पहिलो संस्करणको उपाधि जितेसँगै पेपे पिज्जाले प्रतियोगिताको इतिहासमा पहिलो च्याम्पियनका रूपमा आफ्नो नाम लेखाएको छ ।
प्रतिक्रिया 4