+
लिग २ क्रिकेट :

क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

२०८३ असोज  २५ गते १४:२२ २०८३ असोज २५ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्ध १२६ बलमा शतक बनाएका छन्।
  • ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा उनले ८ चौका र १ छक्का प्रहार गर्दै ओडीआई करियरको तेस्रो शतक पूरा गरेका हुन्।
  • टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको छ।

२५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा शतक बनाएका छन् ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भइरहेको खेलमा रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । उनले ८ चौका र १ छक्का प्रहार गरेका छन् ।

यो उनको ओडीआई करियरको तेस्रो शतक हो । उनले १२ अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर १२६ रहेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ४७औं ओभर चलिरहँदा ५ विकेट गुमाएर २०५ रन बनाएको छ ।

नेपाली क्रिकेट टोली रोहित पौडेल लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय