+

लिग २ क्रिकेट : क्यानडामाथि नेपालको जित

२०८३ असोज  २५ गते १८:५६ २०८३ असोज २५ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोहित पौडेलको १०१ रनको शतकमा नेपालले ओमानमा जारी आईसीसी विश्वकप लिग २ ओडीआई शृङ्खलामा क्यानडालाई २४ रनले हराएको छ।
  • नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो, जसमा गुल्शन झाले ४८ रन जोडेका थिए।
  • क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो, र करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले २-२ विकेट लिए।
  • जितसँगै नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ।

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो ।

क्यानडाका लागि आरोन जोनसनले ४४ रन बनाए । समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको शतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो ।

रोहितले सर्वाधिक १०१ रन बनाए । १२७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । गुल्शन झाले ३४ बलमा ४८ रनको क्यामिओ पारी खेले । अर्जुन कुमालले २३ रन बनाए ।

क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ विकेट लिँदा जहिर शिर्जादले २ विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो । त्यसपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।

आजको जितपछि लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय