+

बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

२०८२ माघ  २५ गते २३:४९ २०८२ माघ २५ गते २३:४९
बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख) पुगेका छन्।
  • प्रतियोगिताको पहिलो दिन बागमती (ख)ले कर्णालीलाई ३–१ ले पराजित गर्‍यो भने बागमती (क)ले लुम्बिनीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो।
  • सेमिफाइनल र फाइनल खेल २६ माघमा हुनेछन्, जसमा बहिरा व्यक्तिहरुको हेराइ परिवर्तन र मित्रता कायम गर्ने उद्देश्य राखिएको छ।

२५ माघ, काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा जित हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

दिनको पहिलो खेलमा बागमती (ख)ले कर्णाली प्रदेशको चुनौती ३–१ ले पन्छायो । दोस्रो खेलमा बागमती (क)ले लुम्बिनी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ ले निराश पार्यो । यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

दिनको तेस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम आमने–सामने भएका थिए । सुदूरपश्चिमले मधेशविरुद्ध ४–० को रवाफिलो जित हासिल गर्‍यो । अन्तिम क्वाटरफाइनल खेलमा कोशीले गण्डकीमाथि ६–२ को सानदार जित निकाल्यो ।

सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

बहिराहरुले पनि फुटबल खेल्न सकिन्छ भन्ने सन्देश दिन आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा भएको थियो ।

सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन् । बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा बागमती (ख)ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि १०ः३० बजे बागमती (क)ले कोशीसँग खेल्नेछ । फाइनल खेल दिउँसो ३ बजे हुने तालिका छ । यसबीच तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ ।

समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो । बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

बहिरा फुटबल प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय